पश्चिम टुडे मिडिया हाउस प्रदेश नम्बर सातको अग्रणी सञ्चार गृह हो । २०६६ सालमा स्थापना भएको पश्चिम टुडे मिडिया हाउस अन्तर्गत पश्चिम टुडे राष्ट्रिय दैनिक, रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्ज र Paschimtoday.com अनलाईन सञ्चालनमा छ । पश्चिम टुडे मिडिया हाउस अन्तर्गत अनुभवी सम्पादक, दक्ष पत्रकार र कार्यक्रम प्रस्तोताहरु रहेका छन् ।  
पश्चिम टुडे राष्ट्रिय दैनिक :
प्रेस काउन्सिल नेपालको बर्गिकरणमा २०६९ सालदेखि निरन्तर रुपमा ‘क’ बर्गमा पर्न सफल पश्चिम टुडे राष्ट्रिय दैनिक प्रदेश नम्बर सातको एक मात्र ब्रोडसीट साईजको पूर्ण रंगीन पत्रिका हो । पश्चिम पाँच हजार प्रति प्रकाशित हुदै प्रदेश नम्बर सातका नौ वटै जिल्लामा पहूँच भएको एक मात्र पत्रिका हो । अन्नपूर्ण पोष्टसंगको सहकार्यमा बाँकेको कोहलपुरबाट प्रकाशित हुदै आएको पश्चिम टुडे राष्ट्रिय दैनिक प्रदेश नम्बर ५ र ६ बाँके, बर्दिया, सुर्खेत र प्रदेश नम्बर सातका नौ वटा जिल्लामा बिक्री बितरण हुने गरेको छ । 
प्रदेश नम्बर सातका शिक्षा,स्वास्थ्य, आर्थिक, सामाजिक, राजनैतिक, घट्ना, दुर्घटना तथा यस प्रदेशका संभावना र चुनौतीका विषयमा निरन्तर रुपमा उजागर गर्दै आएको पश्चिम टुडे राष्ट्रिय दैनिकले यस प्रदेशको विकासका मुद्दामा बिभिन्न सरकारी, गैर सरकारी तथा दातृ संस्थासंग सहकार्य गर्दै आएको छ । 
रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्ज :
रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्ज १००० ( एक हजार ) वाट  क्षमताको यस प्रदेशकै एक मात्र सामुदायिक एफएम हो । अत्याधुनिक स्टुडियो र समाचार कक्ष भएको र प्रदेश नम्बर सातका नौ वटा जिल्लामा सुनिने रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्जले सूचना तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शिक्षा,स्वास्थ्य, कृषि,वन वातावरण, खेलकुद, समसामीयक मुद्दामा बहस, पैरवी गर्दै आएको छ । १५ लाख भन्दा बढि स्रोता भएको रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्जले बिगत दुई वर्षदेखि यस प्रदेशका बिभिन्न सवालमा पश्चिम सरोकार कार्यक्रम चलाउदै आएको छ । 
Paschimtoday.com
Paschimtoday.com पश्चिम टुडे मिडिया हाउसको न्यूज पोर्टल हो । अनलाईन मार्फत प्रदेश नम्बर सातका सवाल र मुद्दालाई उठान गर्ने उद्देश्यले Paschimtoday.com सञ्चालनमा ल्याईएको हो । प्रदेश नम्बर सातका हरेक सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सफल Paschimtoday.com यस प्रदेशकै पहिलो प्रादेशिक अनलाईन न्यूज पोर्टल हो । Paschimtoday.com मा यस प्रदेशका संभावना र चुनौतीका सम्बन्धमा खोजमूलक सामग्री, बिभिन्न समसामीयक विषयमा लेख तथा यस प्रदेशसंग सम्बन्धि बिभिन्न जानकारीमूलक सामग्रीहरु समेट्ने गरेका छौ ।