Close This

नबराज श्रेष्ठकी प्रियसी सार्बजनिक (भिडियो सहितं

आइतबार बैशाख १६, २०७५/ Sunday 04-29-18
Paschim Today

काठमाडौ, बैशाख १६ । नायक तथा ग्लोबल नेपाली फिल्म अमेरिकाका अधक्ष्य नबराज श्रेष्ठ अभिनित बहु प्रतिक्षित नयाँ म्युजिक भिडियो मेरी प्रियसीलाईू सार्बजनिक छ । शब्द तथा संगीत संगीतकार मधुकर लोहोनीको रहेको यस गीतमा गायक मनोज राइको आवाज रहेको छ ।
 सुरेन्द्र मान सिंह र केदार उप्रेतीले संयुक्त रुपमा निर्देशन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक सुरेन्द्र मान सिंहले छायांकन गरेका छन ।  संगीत संयोजन जीवन प्रकाश प्रधानको रहेको छ । माईनस १८ डिग्रिको चिसो मौसममा कोलोराडो शहरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा नायक नबराज श्रेष्ठको साथमा नायिका बिनिता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको अभिनय रहेको छ । चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरका अधक्ष्य समेत रहेका नायक नबराज भर्सटाइल नायकको रुपमा परिचित छन ।  भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=1&v=0ng-pUJsC3U