मानसिक रोग परामर्शबाट निको हुन्छ 

SITENAME

काठमाडौँ, १८ वैशाख (रासस) :मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो । “मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उहाँले भन्नुभयो, “तीनलाई औषधिभन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्शबाट नै रोग निको हुने गर्दछ ।” केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ । अध्यक्ष डा उपाध्यायले भन्नुभयो, “पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता हुन्छ ।” 

 टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेकोजस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उहाँले एक प्रतिशतमात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिनुभयो ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमान्ले परामर्श गरेर निको पार्न सक्छन् भन्नुभयो ।उहाँका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उहाँले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो । पुरुषमा कडा र महिलामा कम कडाखालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुकबाट यस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो । केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिैदै उहाँले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराउनुभयो । अहिलेसम्म उक्तकेन्द्रबाट दुई हजार ७६० जनाले मनोपरामर्श पाएका छन् । बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनुपर्ने बताउनुभयो ।  उक्त केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

चिकित्सकसहित सेनाको टोली बस्तीमा पुगेपछि....

शेरबहादुर सिंह, कञ्चनपुर, २९ कार्तिक ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा

SITENAME

तीन सय बढीको स्वास्थ्य परीक्षण 

कञ्चनपुर, २८ कार्तिक । नेपाली सेनाको कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  यहाँस्थित

SITENAME

नियमित एआरटी खाँदै एचआइभी संक्रमित

डोटी, २७ कार्तिक । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् ।  नियमित औषधि सेवन गर्नेहरु