Close This

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

मंगलबार बैशाख १८, २०७५/ Tuesday 05-01-18
Paschim Today

नयाँ दिल्ली, १८ बैशाख ९रासस-सिन्ह्वा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी ९बिजेपी० का अधिकारहरुका अनुसार मोदीले मङ्गलबार सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नहुने भएको छ । राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् । 

 सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्नुहुने पनि बताइएको प्रापत समाचारमा उल्लेख छ । प्रधानमन्त्री मोदीले पनि कर्नाटकको आफ्नो भ्रमणअघि गर्नुभएको ट्वीटमा कर्नाटकमा मङ्गलबार गरिने तीन वटा चुनावी सभाको सम्बोधन आफूलाई प्रतिक्षाको विषय रहेको लेख्नुभएको छ । ती सभाहरुलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि सो राज्यमा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको उक्त समाचारमा जनाइएको छ ।