Close This

पोर्चुगलमा  माछा मार्ने क्रममा समुन्द्री छालले बगाएर एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु,  नेपाली समुदाय शोकमा 

सोमबार पौष २८, २०७६/ Monday 01-13-20
Paschim Today

लिस्बन(पोर्चुगल),२८ पुष ।

पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर  दुई नेपालीको मृत्यु भएको छ।

कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा समुन्द्री छालले बगाउदा दुई नेपाली समुन्द्री छालमा बेपत्ता भएका थिए।

मृत्यु हुने दुबै जना सहोदर दाजुभाई हुन् । मृत्यु हुनेमा ४५ वर्षीय कमल बाईवा र ४० वर्षीय श्याम वाईवा रहेका छन् । धादिङ पुख्र्यौली घर भएका दाजुभाई बाराको सिमराका बासिन्दा हुन् । उनीहरु दुबै जना नौ महिना अघि पोर्चुगल पुगेका थिए । 

माछा मार्ने क्रममा आइतवार दिउसो  १:४१ बजे समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको क्यासकाइज लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिस मार्फत अल्काबिडेचे फायर फाइटरको टोलीले तत्कालै खोजी कार्य शुरु गरेको थियो । 

घटनास्थल निकै नै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा निकै कठिनाई भएको र स्पीडबोटहरूको प्रयोग गर्न पहुँचयोग्य नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।यस कारणले गर्दा उद्धारको लागि समुद्री प्राधिकरणको वाटरक्राफ्ट परिचालन गरिएको थियो।

समुन्द्री छालमा हराएका दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले माछा मार्ने क्रममा दुई जना नेपालीको निधन भएको खवरले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली शोकाकुल भएको बताए ।

दुई जना नेपालीको मृत्युको खवरले गैर आवासीय नेपाली संघ पोर्चुगल यहाँ रहेका नेपालीहरु अत्यन्त अत्यन्त मर्माहित भएका छौ, गैरले भने, शोकको यस घडिमा दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौ ।

 

तामाङ् दाजुभाईको मृत्युले पोर्चुगलको सिंगो नेपाली समुदाय शोकमा डुबेको छ।

बोका डो इन्फर्नो पर्यटन स्थल हुनुका साथै माछा मार्न पनि त्यत्तिकै प्रख्यात छ। स्थानीय प्रशासनले सो क्षेत्रमा जाने सबैलाई  सावधानी अपनाउन सचेत गरेको छ।

तामाङ समाज पोर्चुगललका उपाध्यक्ष प्रदिप थिङ् तामाङले मृत्यु भएका दुबै नेपाली दाजुभाई तामाङ् समुदायका भएका र कास्काइसमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका जनाएका छन्।