Close This

चौधरीलाई कला पत्रकारिता अवार्ड

शनिबार बैशाख २२, २०७५/ Saturday 05-05-18
Paschim Today

धनगढी, वैशाख २२ । घोडाघोडी मिडिया सञ्चार समूह कैलालीले पश्चिम टुडे मिडिया हाउसमा कार्यरत अविनाश चौधरीलाई ‘उत्कृष्ट कला पत्रकारिता अवार्ड’ प्रदान गरेको छ । समाचार सम्प्रेषण्मार्फत कला, संस्कृतिको संरक्षण र कलाकारहरुलाई प्रोत्साहन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कदर गर्दै कला पत्रकारिता अवार्डले सम्मान गरेको घोडाघोडी मिडिया ग्रुपका बालकृष्ण चौधरीले जानकारी दिए ।  


    यसैगरी, थारु कला, गीतसङ्गीतमा क्रियाशिल कलाकारहरुलाई ‘विन्दास मिडिया म्युजिक अवार्ड’ प्रदान गरिएको छ । सर्वोत्कृष्ट आधुनिक गायनको अवार्ड गायक खेम चौधरी र गायिका अन्नु चौधरीले पाएका छन् । यसैगरी, सर्वोत्कृष्ट लोक गीत गायनतर्फ दर्पण कुसुम्या, पप गायनतर्फ राजकुश्मी र स्वस्तिका चौधरीलाई अवार्ड प्रदान गरिएको छ ।  सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखनतर्फ चन्द्र चौधरी, गीत स्क्रिष्ट लेखनतर्फ सुवेश कठरियाले अवार्ड पाएका छन् । सर्वोत्कष्ट म्युजिक भिडियो निर्देशकतर्फ सुधराम दहित, सर्वोत्कृष्ट सङ्गीतकारतर्फ गणेश चौधरी, छायाङ्कारतर्फ बिहारी दहितलाई अवार्ड प्रदान गरिएको छ । 
    यस्तै, सर्वोत्कृष्ट दृश्य सम्पादनमा साहिल चौधरी, नवप्रतिभामा अनिल रत्गैया, सोनु कुश्मीले अवार्ड पाएका छन् । ‘मोर चम्फा फुलवारे भाग–२’ लाई सर्वोत्कृष्ट एल्बमको अवार्ड प्रदान गरिएको छ । सर्वोत्कृष्ट मोडलको अवार्ड पुरुषतर्फ जगत गुरु, महिलातर्फ सुशीला कार्की, सर्वोत्कृष्ट युगल जोडी मोडलको अवार्ड वीर चौधरी र एलिसा चौधरीले पाएका छन् । यसैगरी, सर्वोत्कृष्ट नायकको अवार्ड संगत चौधरीले पाएका छन् । प्रायः विधामा अवार्ड जिताएको थारु भाषाको म्युजिक भिडियो ‘चुरिया गुरिया’ ले सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड पनि प्राप्त गरेको छ । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्मताको अवार्ड वीरेन्द्रबीर विक्रम राणा शाहले पाएका छन् । यसैगरी, थारु फिल्म ‘करम’ को टिमलाई सर्वोत्कृष्ट फिल्म निर्माताको अवार्ड दिइएको छ । सर्वोत्कृष्ट मेकअपमेनको अवार्ड नरेन्द्र विकको पोल्टामा परेको छ । 
    कला, संस्कृतिको संरक्षणमा क्रियाशिल कलाकारहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको कार्यक्रमका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । घोडाघोडी मिडिया सञ्चार समूहले ‘विन्दास मिडिया’ को नाममा गीत तथा म्युजिक भिडियो निर्माण र बजारमा ल्याउने कार्य गर्दै आएको छ ।