Close This

सिमावर्ती बस्तीमा सदभाव कायम गर

बिहीबार बैशाख २७, २०७५/ Thursday 05-10-18
Paschim Today

कैलाली र कञ्चनपुर जिल्लाको भारतीय सिमावर्ती बस्तीमा दुई देशका नागरिक बिच दैनिक किचलो भैरहेको छ । यसले दुबै देशका नगरिक बिचमा रहेको सदियौ पुरानो सदभाव कमजोर बिग्रीदै गएको छ । जसका कारण दैनिक झडप हुने देखि एक देशका नागरिक अर्को देशका नागरिक बिरुद्ध गालीगलौचमा उत्रिने काम भैरहेको छ । समयमा ब्यबस्थापन गर्न नसकेमा समस्या बिकराल बन्न सक्ने देखिन्छ । यस समस्यालाई समाधान गर्नका लागि दुबै देशका स्थानीय जनप्रतिनिधीहरु, प्रशासन गम्भीर हुनैपर्छ । यसमा ढिलाई हुनुहुदैन ।
बेलौरीको संकटघाट र भारत कम्बोजनगरमा बासिन्दा बिचको बिवाद अहिले चर्किएको छ । चैत महिना यता मात्रै कञ्चनपुरको बेलौरी नगरपालीका १० संकटघाटमा नेपाली र भारतीयहरु बिच एउटै घटना तिन पटक दोहरिएको छ । चैत १९ गते नेपाल भारत सिमाको जंगलमा घाँस काट्न गएकी स्थानीय सुनिता सिंह माथी भारत तर्फको बस्ती कम्बोजनगरका सरदारहरुले दुब्र्वावहार गरेपछि अबस्था बिग्रीएको छ । यही घटनालाई लिएर दुबै देशका बासिन्दाहरु एक अर्का बिरुद्ध उत्रिएका छन् । यो अबस्था सामान्य बनाउन प्रशासनलाई समेत समस्या भैरहेको छ । अबस्था सामान्य बनाउन दुबै देशका प्रहरी समन्वय गरेर काम गरिरहेको भएपनि समाधान हुन सकेको छैन । चैत २३ गते नेपाल प्रहरी, भारतीय प्रहरी,दुबैतर्फका जनप्रतिनिधीहरु बसेर पिडित नेपाली महिला र दुब्र्यावहार गर्ने भारतीय सरदार बिचको बिवाद मिलाउने प्रयास भएपनि पुन यो घटना दोहरीएपछि तनाव बढाएको छ । सुनिता माथी दुब्र्वावहार गर्ने बल्लु सरदारका छोरा नेपाल आएको बेला स्थानीय गोबिन्द शाही र भुन्टु शाहीले आईतबार कुटपिट गरेपछि दुई देशका सिमावर्ती बस्तीको सम्वन्ध बिग्रीएको छ । मिलापत्र भैसकेपछि पनि नेपालीपक्षले आफ्नो मान्छेलाई कुटपिट गरेको भन्दै भारतीयहरुले सिमामा होहल्ला गरेका थिए । सोही घटनालाई लिएर पिडित सरदारकी आमाले नेपाल तर्फको प्रहरी चौकीमा सोमवार उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । यस बिषयमा दुबै पक्षहरु राखि छलफल गरि बिवाद मिलाउने काम भैसकेको भएपनि भारतीयहरुले सिमामा आएर नेपालीहरुलाई गाली तथा होहल्ला गरेपछि थप समस्या भएको छ । नेपालीहरुले सो घटनालाई लिएर भारतीयले अन्धाधुन्द हवाई फायर गरेको आरोप लगाएका छन् । घटना दोहरीन थालेपछि स्थानीय प्रशासन समेत हैरान भएको छ । दुबै देश तर्फका सिमावर्ती बस्तीका स्थानीय बिचको सम्वन्ध सुधार गर्न सकेपछि मात्रै अबस्थामा सुधार ल्याउन सकिने देखिन्छ । 
दुबै देशका सिमावर्ती गाउँका नागरिकमा बढेको ईगोले सिमा सुरक्षामा समेत चुनौती थपिदिएको छ । एक पक्षले अर्कोलाई भेटायो कि जाईलाग्ने अबस्था कुनैपनि देशका नागरिकका लागि राम्रो होईन । यसले दुई छिमेकी बस्तीको मात्रै होईन देशकै सम्वन्ध समेत चिसो बनाउन सक्ने देखिन्छ । दुई देशको भौगोलीक सिमानाले वारीपारी भएपनि सम्वन्ध सुमधुर बनाउनुपर्छ । हामीले पनि रिस बोकेर बस्नुको कुनै अर्थ हुदैन । नेपाल र भारतका सिमानाका नागरिक यस बिषयमा गम्भीर हुन । राज्य पनि यस बिषयमा गम्भीर भएर लागोस ।