Close This

फासा एमवाईसी कप फुटबल प्रतियोगिताको उपाधी पिएफए स्पोट्सलाई

बिहीबार बैशाख २७, २०७५/ Thursday 05-10-18
Paschim Today


अत्तरीया, २७ बैशाख । कैलालीको अत्तरीयामा सम्पन्न फासा एमवाईसी कप फुटबल प्रतियोगिताको उपाधी पिएफए स्पोट्र्स अत्तरियाले जितेको छ । गोदावरी नगरपालिका ७ लालपुरमा भएको फासा एमवाईसी कपको उपाधी पिएफए स्पोट्र्सले आयोजक टिम माईलष्टोन युवा क्लबलाई ४ सुन्य गोलले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । 
           उपाधी भिडन्तमा पिएफए स्पोट्र्सले पहिलो हापमा ३ सुन्यको अग्रता कायम गर्दा आयोजक माईलस्टोन युवा क्लबका खेलाडीहरुले एउटा पनि गोल गर्न सकेनन । उपाधी बिजेता पिएफएका अशोक चौधरीले ह्याट्रिक गरेका गर्दा पिएफएकै सन्तोष कार्कीले १ गोल गरेपछि ४ सुन्यको जित दर्ता गर्दै पिएफएले उपाधिमा कब्जा जमाएको हो । गोदावरी नगरपालिकाका क्लबहरु बीच मित्रता, सद्भाव, मेलमिलाप गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक प्रेम बोहराले बताउनु भयो ।

                गोदावरी नगरपालिकाका १२ टिमको सहभागी रहेको प्रतियोगिताको उपाधी बिजेता टोलिले नगत २० हजार रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उप बिजेता टिमले १० हजार नगत सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगिताको सर्बाेउत्कृष्ट खेलाडीको अवार्ड पिएफएका ह्याट्रिक गर्न सफल खेलाडी सन्तोष चौधरीले प्राप्त गरे । सन्तोषले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका थिए ।

             त्यसैगरी प्रतियोगिताको उदयमानी खेलाडीको अवार्ड आयोजक टिम माईलस्टोन युवा क्लबका नरेश साउदले पाए । माईलष्टोन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताका बिजेता र उप बिजेता टोलिहरुलाई गोदावरी नगरपालिकाकी उप मेयर रत्ना कडायतले पुरस्कार बितरण गर्नु भएको थियोे ।