Close This

अछामको पन्चदेवल बिनायक नगरपालिका २ का अध्यक्षको शव फेला

मंगलबार माघ २१, २०७६/ Tuesday 02-04-20
Paschim Today

अछाम २१  माघ ।

अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नं.२ का अध्यक्षको शव फेला परेको छ । वडा अध्यक्ष पदम वहादुर धामी मंगलवार बिहान मृत अवस्थामा शव फेला परेको अछाम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शब हेर्दा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेकोे जनाएको छ ।

४० बर्षिया धामी  तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वा्चित भएका थिए ।