Close This

वडा अध्यक्ष हत्या प्रकरण : निश्पक्ष छानबिनको माग गर्दै बिनायक बजार बन्द 

बुधबार माघ २२, २०७६/ Wednesday 02-05-20
Paschim Today

अछाम , २२ माघ ।

वडा अध्यक्ष हत्याको निश्पक्ष छानबिनको माग गर्दै आज अछामको बिनायक बजार बन्द गरिएको छ । मृतकका आफन्तहरुले बिहानै देखि सडकमा चक्काजाम गरेका छन । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप समेत लगाएका छन ।

पन्चदेवल बजारमा बिहानै देखि टायर बालिएका छन । सवारी आवत जावत मा बन्द भए पछि अहिले यात्रुहरु अलपत्र परेका छन ।

पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शब बुझ्न मानेका छैनन ।

अनुसन्धानका लागि कुकुर सहितको टोलि धनगढीबाट अछाम पुगिसकेको छ ।तालिम प्राप्त कुकुर सहितको टोलिले आज अनुसन्धान प्रक्रिया सुरु गर्नेछ ।