Close This

धनगढीमा ‘एक सर्को माया’को चर्चा

शुक्रबार बैशाख २८, २०७५/ Friday 05-11-18
Paschim Today

कमल सावद, धनगढी, बैशाख २८ । साहित्यकार जीएस पौडेलको ‘एक सर्को माया’ उपन्यासमाथि धनगढीमा चर्चा परिचर्चा गरिएको छ ।  समर्णपण पुस्तक  पसलको आयोजनामा भएको कार्यक्रममा समालोचक गणेशराज जोशीले उपन्यासमा समावेश भएका बिषयबस्तुका बारेमा टिप्पणी गरेका छन । ‘उपन्यास एक सर्काे मायाले माल्दिभ्सको चित्रण गरेको पाएँ, उपन्यास पढेपछि माल्दिभ्स जानै पर्दैन उनले भने  ।’ 
उपन्यासका प्रमुख पात्र आलोक शर्माको भूमिकामा यथार्थभन्दा बाहिरको विषय उल्लेख गरिएको उनले बताए । उपान्यास एक सर्काे मायाको विषय वस्तुलाई पूर्व अनुमान गर्न नसकिने उनले बताए । ‘उपान्यासमा समेटिएका विषय वस्तुसंग उपन्यासको शिर्षकले अति मेल आएको छ’ उनले भने ।  चुरोट, लगायत लागु पदार्थ सेवनको विषय वस्तुलाई उपन्यासमा उठाएको बताउदै उनले भने, ‘सर्को चुरोटसंग सम्बन्धित शब्द हो, उपन्यासमा यो विषयले प्राथामिक्ता पाएको छ ।’
बुलबुल प्रकाशनका प्रकाशक अच्युत घिमिरे ‘बुलबुल’ले १९ औ पुस्तकको रुपमा एक सर्काे मायाँ ल्यायर पहिलो पटक धनगढी आएको बताए । सञ्चारकर्मी  बुलबुलले अन्य साहित्यक कृति जस्तो एक सर्काे मायामा अनुमान गर्न सकिने विषय नरहेको उल्लेख गरे ।  लेखक पौडेलले ‘एक सर्को माया’ उपन्यास कुलत र भ्रमसंग जोडेर लेखेको बताए । ‘हाम्रो समाजमा धेरै युवा–युवती कुलतमा फसेका छन । कुलतको बारेमा युवालाई सचेत गर्ने उद्देश्यले यो उपन्यास लेखेको हुँ’ उनले भने ।’ 
६ वर्षदेखी आफू माल्दिभ्समा बस्दै आएको जनाउँदै उनले साथीहरुको सहयोगमा कुलतमा फसेका युवाहरुको अध्ययन गरेर उपन्यास तयार पारेको बताए । उपन्यासको सुरुमा माल्दिभ्सको बारेमा चर्चा गरिएको विषयमा उनले  माल्दिभ्सका चर्चिच स्वर्गीय मोडेल राउधा आतिफको फोटो कृतिमा प्रयोग गरेको जनाए ।  डा.पुस्करराज भट्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मदनपुरस्कार विजेता रामलाल जोशी रहेका थिए ।