Close This

नयाँ मोडलको हिरो बाईक सार्वजनिक

शुक्रबार बैशाख २८, २०७५/ Friday 05-11-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख २८ । हिरो मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले बिहीवार एक समारोहकाबीच भिशेष अटोमोटिभ्स मार्फत बिक्री गर्ने गरी दुई वटा मोडल धनगढीमा सार्वजनिक गरेको छ । 
बजारमा ल्याईएको दुई वटा मोडलहरु आकर्षक रहेको कन्ट्री म्यानेजर हरपित सिंहले बताए । उनका अनुसार ग्ल्यामर एसभीमा एक सय ३५ सीसी इन्जिन, आई थ्री एस टेक्नोलोजी, ट्यूबलेस टायर, एलईटी टेल ल्याम्प आकर्षक रहेको छ भने ड्युटमा पिकअप, र इन्जिन आकर्षक रहेको छ । 
बजारमा ल्याइएको मोटरसाईकलको मूल्य एक लाख ९३ हजार रहेको छ भने स्कुटरको एक लाख ७९ हजार पाँच सय रहेको छ । भिशेष अटोमोटिभ्सका प्रोपराईटर पुष्कर ओझाले नयाँ वर्षको उपलक्ष्यमा हिरोका मोटरसाईकलमा छ हजार रुपैया र स्कुटरहरुमा आठ हजार रुपैयाँ नगद छुटका साथै स्क्र्याच कार्डबाट थप एक हजारदेखि एक लाखसम्म नगद छुटको व्यवस्था र हरेक १५ दिनमा गरिने लक्की ड्रबाट एक जनालाई थप एक लाख पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।