कैलारी गाँउपालिकामा सूचना प्रबिधि केन्द्रको उद्घाटन 

SITENAME

पश्चिम टुडे, धनगढी, बैशाख २८ । कैलारी गाँउपालिकामा स्थापना गरिएको सूचना प्रबिधि केन्द्रको आज एक समारोहकाबीच उद्घाटन गरिएको छ । सेसीको र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा सञ्चालित सुशासन परियोजना अन्तर्गत स्थापना गरिएको सूचना प्रबिधि केन्द्रको प्रदेश सांसद बीरमान चौधरीले उद्घाटन गर्नुभयो ।
सूचना प्रबिधि केन्द्रको स्थापनाले कैलारी गाँउपालिकाका सूचनासम्म जनताको सहज पहूँच हुने विश्वास गर्दै सांसद चौधरीले सुशासन प्रबद्र्धनमा केन्द्र सहयोगी हुने बताउनुभयो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले प्रदेश नम्बर सातमा दोस्रो प्रबिधि केन्द्र स्थापना गर्ने गाँउपालिका बनेकोमा कैलारी गाँउपालिकालाई बधाई दिनुभयो । कार्यक्रममा सेसीका सुशासन सल्लाहकार बिनोद प्रसाद उपाध्यायले खुला सरकारको अवधारणा कार्यान्वयन गर्न सूचना प्रबिधि केन्द्रले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारलाई पारदर्शी,जवाफदेही र जिम्मेवार बनाउन प्रबिधि केन्द्र सहयोगी हुने बताउनुभयो ।
 ग्राम विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष दीर्घराज उपाध्यायले सूचना बिना सुशासन सम्भव नभएको बताउदै सुशासनका लागि प्रबिधिको दिगो प्रयोग आवश्यक भएको बताउनुभयो । योंग ईन्नोभेसनका बिभुषण बिष्टले सूचना प्रबिधि केन्द्रको स्थापनाले जनतालाई घरमै बसेर गाँउपालिकाका सम्पूर्ण सूचना प्राप्त हुने बताउनु भयो ।
कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरीले जनतालाई घरमै बसेर गाँउपालिकाका सबै सूचना, सेवा,सुबिधा र योजनाका विषयमा जानकारी दिने उद्देश्यले सूचना प्रबिधि केन्द्र स्थापना गरिएको बताउनु भयो ।  कार्यक्रममा नेकपा एमालेका तर्फबाट चन्द्रिका प्रसादचौधरी, नेपाली काँग्रेसका तर्फबाट रमेश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सूचना प्रबिधिको बारेमा सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक ठाकुर करिया प्रधानले जानकारी दिनुभयो । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

यो हो दुनियाँकै सानो टापु

अमेरिकाको न्युयोर्क्स्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो । दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो ।

SITENAME

सामसुङले भारतमा बनायो विश्वकै ठूलो मोबाइल कारखाना

विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । उत्तर प्रदेशको

SITENAME

जिमेलमा आफैं डिलिट हुने इमेल कसरी पठाउने ?

गुगलले हालै जिमेलमा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न फिचर्स थप गरेको छ जसले प्रयोगकर्ताको प्राइभेसीलाई बढावा दिनुका साथै इमेल प्रेषकलाई आफूले