Close This

पद्यात्रीहरुको गोदावरीबाट विदाई

शनिबार बैशाख २९, २०७५/ Saturday 05-12-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख २९ । पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि ‘अन्तराष्ट्रिय सांस्कृतिक खप्तड पदयात्राका सहभागीहरुलाई गोदावरीमा विदाई गरिएको छ ।  शुक्रवार सात नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलनका सयोजक पदमराज जोशीलाई नेपाली झण्डा दिएर विदाई गरे । 
झण्डै १ सय ७० जना नेपाली तथा भारतीय नागरिक सहभागी रहेको अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा टोलीलाइ शुक्रबार कैलालीको गोदावरीबाट बिदाइ गरिएको हो । बिदाइपूर्व मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रलाइ धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।  पदयात्रामा भारत र नेपालका पर्यटन व्यावसायी, पत्रकार, साहित्यकार, कलाकर्मी लगायत करिव १७० जनाको सहभागीता रहेको छ । अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलनको विदाई गर्दै पर्यटन मन्त्री माया भट्टले पदयात्रा तथा काव्य सम्मेलले नेपाल र भारतबीच धार्मिक सहिष्णुता राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । 
सांस्कृतिक खप्तड पदयात्राका क्रममा कैलालीको चारधाम यात्राको सम्भाव्यताका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर, वैद्यनाथ धाम उग्रतारा, शैलेश्वरीको दर्शन र अमरगढी किल्लाको अवलोकन गराईने छ । त्यस्तै, डोटी र डडेल्धुराको सीमानामा पर्ने सेती नदी किनारमा रहेको गगनान क्षेत्र, डोटीमा रहेको शालमुनि भागेश्वर, दिपायल कोट र शैलेश्वरी मन्दिर, अछामको बैद्यनाथ धाम, खप्तड बडिमालिका तथा त्रिवेणी लगायतका प्रसिद्ध धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यहरूलाई पदयात्राका क्रममा समेटिने नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार पदमराज जोशीले बताए । 
अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन बिदाइ पूर्व आयोजना गरिएको एक कार्यक्रममा भारत उत्तराखण्डका मन्त्री प्रकाशचन्द्र पन्तको समेत उपस्थिति रहेको थियो । उनले मानसखण्डको महत्तवबारे बर्णन गरेका थिए ।  पदयात्रा सात दिनसम्म चल्ने बताइएको छ । सात नम्बर प्रदेशको एक महत्तवपुर्ण पर्यटकिय स्थल सम्म ठुलो संख्यामा नेपाल भारतका प्रसिद्ध ब्यक्तिहरु पुगेपछि खप्तड क्षेत्रको पर्यटक प्रर्बद्धनले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।