Close This

स्टेपिङ स्टोन ईङ्गलिस स्कुलको २८ औं वार्षिकोत्सव सम्पन्न

शनिबार माघ २५, २०७६/ Saturday 02-08-20
Paschim Today


धनगढी, २५ माघ । 
धनगढीस्थित स्टेपिङ स्टोन ईङ्गलिस स्कुलको २८ औं वार्षिकोत्सव शनिवार भव्य रुपमा मनाईएको छ ।

प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरेर स्टेपिङ स्टोन ईंगलिस स्कुलले बिशिष्ट योगदान पु¥याएको बताए ।

Image may contain: 7 people, people standing and crowd, possible text that says 'Chief Guest'प्रमुख अतिथि वडले निजी शैक्षिक संस्थाले देशको विकासमा पु¥याएको योगदानको राज्यले कदर गर्नुपर्ने बताए ।
Image may contain: 10 people, people smilingकार्यक्रममा बिशिष्ट अतिथि नाष्ट कलेजका प्राचार्य शिवहरी मुडभरी लगायतले गुणस्तरीय शिक्षा प्रदान गर्ने सुदूरपश्चिमकै उत्कृष्ट विद्यालय भएको चर्चा गरे

Image may contain: one or more people and textस्टेपिङ स्टोन ईङ्गलिस स्कुलका संस्थापक प्रधानाध्यापक रामजी हमालले अभिभावकको विश्वास, विद्यार्थीहरुको लगाव र शिक्षकहरुको मिहिनेतले स्टेपिङ स्टोन ईङ्गलिस स्कुलले सुदूरपश्चिममा छुट्टै छाप छोड्न सफल भएको बताए ।

समारोहमा स्टेपिङ स्टोन ईङ्गलिस स्कुलका बिभिन्न कक्षाका विद्यार्थीहरुले गीत,नृत्य तथा नाटकहरु प्रदर्शन गरेका थिए ।

बिद्यार्थीहरुले बिभिन्न भाषा र भेषभुषामा कार्यक्रम सञ्चालन गरेका थिए ।

Image may contain: 11 people, including Tej Bhatta, people sitting