Close This

गजल

शनिबार बैशाख २९, २०७५/ Saturday 05-12-18
Paschim Today

तारा भट्ट ‘पल्लवी’
'देखाउँछे कुन्नि के पारा', भन्नुहुन्छ आमा
'के गरी घर खान्छे तारा', भन्नुहुन्छ आमा


पाइलै पिच्छे परिक्षा दिइरहनु पर्ला 
’देखाएर हुन्छ अश्रुधारा’, भन्नुहुन्छ आमा


तँ डुङ्गा आफै खियाउने आँट गर
अनि पो भेटिन्छ किनारा, भन्नुहुन्छ आमा


घर गरी खान सहज छैन छोरी
'कसरी हुन्छ गुजारा रु’ भन्नुहुन्छ आमा


'जागिर, बच्चा, पति सम्हानु छ तैंले’
'मेरो पनि बन्नू छ सहारा’ भन्नुहुन्छ आमा