Close This

अन्तरवार्ता दिंदादिदैं विप्लव कार्यकर्ता पक्राउ

आइतबार बैशाख ३०, २०७५/ Sunday 05-13-18
Paschim Today

लम्की, ३० वैशाख । कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई लम्की स्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ । 
    प्रहरीले रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिंदादिदैं दिलबहादुर साउँदलाई पक्राउ गरेको हो । बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसंग अन्तरवार्ता गर्दै थिए । उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार न्यौपाने सहित लम्कीका पत्रकारले आपत्ति जनाएका छन् ।