कैलालीमा भिषण हावाहुरीले एकको मृत्यु, लाखौको क्षति

SITENAME


धनगढी,
आईतवार राति आएको भिषण हावाहुरीले कैलालीमा एक जनाको ज्यान गएको छ भने लाखौको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीले घरको धुरी खस्दा गौरीगंगा नगरपालिका वडा नम्बर १ का ५६ सारुमणी बुढाको घर भित्रै मृत्यु भएको छ ।
हावाहुरीले धनगढीस्थित धनगढी एफएमको टावर र एन्टेनामा क्षति हुदा प्रशारण अवरुद्ध भएको छ ।
हावाहुरीले कैलालीमा दर्जनौ घरहरुमा क्षति पुगेको छ । थुप्रै ठाउमा बिजुलीका पोलहरु ढलेका कारण आईतवार रातिदेखि बिद्युत अवरुद्ध भएको छ ।
आज दिनभरी पनि धनगढीमा विद्युत आपूर्ति हुने संभावना छैन । 
जोशीपुर गाँउपालिकाको जोशीपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा सिमलको रुख ढलेर खस्दा प्रहरीहरु विस्थापित भएर सशस्त्र प्रहरी बलको कार्यालयमा बसिरहेका छन् । यद्दपि कोही घाईते भने भएका छैनन ।
हावाहुरीका क्रममा घरमा आगलागी हुदा गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्कामा दानसिंह बोहराको रांगा जलेर मृत्यु भएको छ भने लुगाकपडा र अन्नपात जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आईतवार राति नै गोदावरी नगरपालिका वडा नम्बर १ भालुखोला भुवन शाहको घर आगलागी हुदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।
कैलारी गाँउपालिका वडा नम्बर ४ हसुलियामा ईटा लागेर ४० वर्षिया शोभा चौधरी घाईते भएकी छन् । घरभित्रै रहेकी चौधरी घरको टीन उडेर ईटा खस्दा घाईते भएकी हुन् ।
बन्द अवस्थामा रहेको जनआवाज एफएफमको टावर ढलेको छ । धनगढी विद्युतको पोल ढलेर उपमहानगरपालिका—८ धनगढी गाँउ जाने अबरुद्ध छ । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले क्षतिको बिबरण प्राप्त भईरहेकोले अहिलेसम्म पूर्ण जानकारी प्राप्त हुन नसकेको बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही

पश्चिम टुडे, धनगढी ४ साउन ।  आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही गरी करको दायरा ल्याएको छ

SITENAME

किसानको मुनाफा साढे सात करोड

पश्चिम टुडे, धनगढी ३ साउन ।  कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीबजार स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ७ करोड ५०

SITENAME

भन्सार नाकाबाट आयात बढ्दै, निर्यात न्यून

पश्चिम टुडे, धनगढी १ साउन ।  कैलाली भन्सार नाका भएर आयात वर्सेनि बढ्दै गए पनि निर्यातमा भने बढोत्तरी हुन सकेको छैन । यो नाका भएर भारतमा दशक अगाडि जुन