Close This

जेसीज र एक्सीस विद्याश्रम विजयी

सोमबार बैशाख ३१, २०७५/ Monday 05-14-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ३१ । कैलालीको धनगढीमा जारी अन्तर विद्यालय स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतवार भएको खेलमा जेसीज एभ्रेष्ट र एक्सीस विद्याश्रम विजयी भएका छन् ।  पहिलो खेलमा जेसीजले थ्री स्टारलाई तीन रनले पराजित गरेको छ । यसैगरी, अर्को खेलमा एक्सीसले ज्ञान निकेतनलाई ५० रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जेसीजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५७ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको थ्री स्टारले अन्तिम बलमा सबै विकेट गुमाएर १५४ रन बनाएर पराजय भोगेको हो । 
    यसैगरी दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एक्सीसले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको ज्ञान निकेतनले १० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमात्र बनाउन सक्यो ।