Close This

हुवावेको नोभा थ्री ई नेपाली बजारमा

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

पश्चिम टुडे, धनगढी, जेठ १ । दुई महिना अगाडिमात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्री ई नेपाली बजारमा आएको छ । स्मार्ट फोनका नेपाली पारखीहरुको प्रतिक्षालाई समापन गर्दै हुवावेले सबैभन्दा सफल उत्पादन श्रृङखला नोभा सेरिजको पछिल्लो उत्पादन नोभा थ्री ई नेपाली बजारमा भित्र्याएको हो । 
यो फोनको अगाडि र पछाडि दुवै भाग मोटो र नफुट्ने सीसाले बनेको छ । स्क्रिनको चारैतिर पात्लो बेजेलले घेरिएको नोभा थ्री ई आकर्षक रहेको जनाइएको छ । सेल्फीका लागि सवोत्कृष्ट हुने दावी गरिएको यो फोनमा १६ मेगा पिक्सेलको क्यामेरा जडित छ । यसको मूल्य ३५ हजार नौ सय रुपैया रहेको जनाइएको छ ।