Close This

प्रदेश बिनियोजन बिधेयकलाई स्वीकृति

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

टेकेन्द्र देउवा, धनगढी, जेठ १ । प्रदेश नं७,  मन्त्रीपरिषद्कोे सोमबारको बैठकले  प्रदेश बिनियोजन बिधेयक २०७५लाई स्वीकृति दिएको छ ।  मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले  प्रदेश आर्थिक बिधेयक२०७५तर्जुमा गर्नका लागि पनि स्वीकृति दिएको बैठक पछि प्रदेश सकारका आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले जानकारी दिए । यस्तै प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ तर्जुमा गर्न र मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट ‘हेलो सिएम‘ कार्यक्रम प्रारम्भ गर्न बनाइएको कार्यबिधिलाई समेत स्वीकृति दिएको छ ।