Close This

मुख्य मन्त्री भट्ट अधिकार माग्न काठमाण्डौ

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

काठमाडौं, १ जेठ । खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका छन ।
मुख्यमन्त्री भट्टले अधिकार प्रदेशमा पठाउन ढिलाइ भइरहेको खानेपानी मन्त्री बिना मगरलाई गुनासो गरे ।  ‘प्रदेश सरकार बनेपछि जनताको आकर्षण प्रदेशमै छ, त्यसलाई २–३ महिनामै व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसके प्रदेश सरकारप्रति जनतामा वितिष्णा जाग्ने छ ।’  जनता प्रदेश सरकारको विरोधमा उत्रने छन्,’ मुख्यमन्त्री भट्टले भने । प्रधानमन्त्री र संघका मन्त्रीहरूसँग भेटवार्ता गर्न काठमाडौं पुगेका मुख्यमन्त्री भट्टले प्रदेशको समग्र विकासका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।