आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

SITENAME

कञ्चनपुर, २ जेठ । 
कञ्चनपुरको गड्डाचौकी स्थित सीमा नाकाबाट आधा किलो सुनसहित २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा आज बिहान दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका हो । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो । 
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । 
      ‘आधा किलो सुन झोलाभित्र राखेका थिए,’ उनले भने, ‘यो सुन तस्करीकै हो ।’ बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए ।
          वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिदै उक्त सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो ।
भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले सुन कसको र कहाँबाट ल्याएको हो भन्ने बारेमा प्रष्ट हुन बाँकी रहेको बताए ।


 

प्रतिकृया दिनुहोस
SITENAME

बहिरा बिद्यार्थीका लागि भवन बन्दै

धनगढी, २९ कार्तिक । बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्नका लागि धनगढीको बेलादेविपुरमा भवन निर्माण हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११

SITENAME

अध्ययन गृहका लागि सहयोगी हातहरु बढ्दै

धनगढी, २९ कार्तिक ।  कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित एकतानगर मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृह निर्माण गर्नका लागि देशविदेशबाट सहयोग

भागदौडमा एकको मृत्यु, तीन घाइते

बैतडी, २९ कार्तिक ।  जात्रामा प्रहरीलाई देखेर भाग्ने भागदौड हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिगास गाउँपालिका वडा नं ३ को