Close This

दार्चुलावासीको प्रश्न, ‘बाढीको त्रास कहिलेसम्म ?’

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

सुन्दरसिंह धामी, दार्चुला, जेठ २ ।  दार्चुलाको ब्यास गाउँपालिका देखी लेकम गाउँपालिकाको लालीसम्मका दर्जनौ बस्तीहरु महाकाली नदीको उच्च जोखिममा रहेका छन् ।  जलस्रोतको दोस्रो धनी देश नेपाल भए पनि नदी किनारामा बसोबास गर्ने मानिसहरुले खानेपानी सिचाइको समेत सुबिधा पाउन पाउन सकेका छैनन् । नदीबाट सामान्य गिट्टी, बालुवा संकलन गर्ने र माछा मार्ने बाहेक सुबिधा लिन नसकेको महाकाली नगरपालीका दत्तु ९ का दिपकसिंह सामन्त बताउँछन ।
लाली राडुमका स्थानीयको  ट्यूबमार्फत नदी तर्नु पर्ने बाध्यता वर्षौदेखि यथावत नै छ । दैनिक उपभोग्य सामान खरिद गर्नदेखी बिभिन्न कामको लागि नियमित नदी वारपार गर्ने स्थानीयले ज्यानको बाजी थापेर ट्युवमार्फत नै नदी वारपार गरेपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । बरु उल्टै समय समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीद्वारा ट्युव तर्न समेत रोक लगाउने तथा समान ओहोर दोहोर गर्न नदिने जस्ता समस्या स्थानीयले भोग्नु परेको छ । महिलाहरुलाई चेकजाँच गर्न सीमा सुरक्षा बलमा महिला कर्मचारी नहुदाँ बिभिन्न दुब्र्यबहारको समेत सामना गर्नुपरेको लालीका पार्वती धामीले बताइन् । 
     यतिमात्रै हैन नदी किनारका बासिन्दाको बर्षातको समयमा आउँने बाढीले जमिन कटान गर्ने र घर खेतनै जोखिममा रहेको छ । सिचाई खानेपानीको समेत समस्या छ । सामान्य वर्षा हुँदा पनि जौलजीबी क्षेत्रका मानिसहरुलाई आवत जावत तथा बसाई ब्यवस्थापनमा निकै समस्या भएको छ । मलिकार्जुन गाउँपालिकाको जौलजिबी वरपरको बस्ती कुर्जानी, उकू पनि दुईटा नदीको प्रभाबित क्षेत्र हो । महाकाली र गोरी गंगाको सोझो बहावले सो क्षेत्र झन खतरामा परेर रातिको समय निद्रा समेत हराएको मालिकार्जुन गाउँपालिका वार्ड न  ७ का वडा अध्यक्ष लोकेन्द्र धामीले बताए । 


महाकाली नदीको सतह भन्दा थोरै मात्र उचाईमा रहेको चुच्चैबगड पनि तटीय क्षेत्रको निकै जोखिममा रहेको छ । त्यसै गरी दार्चुलाका विभिन्न बस्तीहरुमा हिउँदमा पानीको थोपा नहुने र बर्षातमा भयानक बाढी र कटान गर्ने हुनाले काकडा क्षेत्र पनि महाकालीको उच्च जोखिममा रहेको सुरकडाका स्थानीय रमेश रैखोलाले जनाकारी दिए । दुहु गाउँपालिका ३ तिमुरबाटा बस्तीका र नागु लगायत खेती बस्तीका स्थानीयबासिन्दा पनि पहिरोको उच्च जोखिम र नदी कटानको समस्या रहेका  छन् ।