Close This

जीवनशैली फेरिदैं वादी समुदायको

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

पश्चिम टुडे, अछाम, जेठ २ ।
साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ । सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरूले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् । 
वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०-५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गरेका छन् भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लागेका छन् । बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरू व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताए । 
‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन,’ उनले भने–‘पहिलेको जस्तो बिक्री हुदँैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।’ 
     यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थालेकी छिन् । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उनी निकै खुशी छिन् । शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । ‘श्रीमान् हँुदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहँुदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,’ उनले भनिन्–‘खेतीपाती गर्नलाई जमिन छैन ।’ 
जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताए । ‘बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हाँै,’ उनले भने । 
बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निर्माण गरेपछि उनीहरूलाई ठूलो राहत मिलेको छ ।