Close This

दार्चुला बासीलाई कहिले सम्म बाढीको त्रास ?

 कहिले हट्लान टयुब ? 

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

सुन्दरसिंह धामी, दार्चुला, जेठ २ ।  दार्चुलाको ब्यास गाउँपालीका देखी लेकम गाउँपालीका लालीसम्मका दर्जनौ बस्तीहरु महाकाली नदिको उच्च जोखीम्मा रहदै आएका छन् । अक्सफामको आर्थिक सहयोगमा संकल्प दार्चुला द्धारा संचालित दक्षिण एशियाली सिमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना तथा दार्चुला जिल्लामा संचालित महाकाली नदी तटिय क्षेत्रका बासिन्दाहरुले भोगीरहेको समस्याबारे सदरमुकाममा बिभिन्न कार्यक्रम गरी जनचेतनामुलक शन्देस दिई रहेको छ । 
     जलस्रोतको दोस्रो धनी देश नेपाल भए पनि नदी किनारामा बसोबास गर्ने मानिसहरुले खानेपानी सिचाइको समेत सुबिधा पाउँन सकेका छैनन । नदीबाट सामान्य गिट्टी, बालुवा संकलन गर्ने र माछा मार्ने बाहेक सुबिधा लिन नसकेको महाकाली नगरपालीका दत्तु ९ का दिपकसिंह सामन्त  बताउँछन ।
 

 कहिले हट्लान टयुब ? 
      लाली राडुमका स्थानियको  ट्यूब तर्नुपर्ने बाध्यता बर्षौबर्षदेखी यथावत नै छ । दैनिक उपभोग्य सामान खरीद गर्न देखी बिभिन्न कामकोलागी नियमित नदी वारपार गर्ने स्थानियले बर्षौदेखी ज्यानको बाजि थापेर ट्युवमार्फत नै नदी वारपार गरेपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । बरु उल्टै समय समयमा सिमा सुरक्षा बल एसएसपिद्धारा ट्युव तर्न समेत रोक लगाउने तथा समान ओहोरदोहोर गर्न नदिने जस्ता समस्या स्थानियले भोग्नु परेको छ । महिलाहरुलाइ चेकजाँच गर्न सिमा सुरक्षा बलमा महिला कर्मचारी नहुदा बिभिन्न दुब्र्यबहारको समेत सामना गर्नुपरेको लालीका पार्वती धामीले बताईन । 
 

रातीको निद्रा हरायो 
     यतिमात्रै हैन नदी किनारका बासिन्दाको बर्षादको समयमा आउँने बाढीले जमीन कटान गर्ने र घर खेतनै जोखिममा रहेको छ । सिचाई खानेपानीको समेत समस्या छ । आज भोलीको बर्षादले जौलजीबी क्षेत्रका मानिसहरुलाई आवत जात तथा बसाई ब्यवस्थापनमा निकै समस्या भएको छ । मलिकार्जुन गाउँपालीकाको जौलजिबी वरपरको बस्ति कुर्जानी, उकू पनि दुईटा नदीको प्रभाबित क्षेत्र हो । महाकाली र गोरी गंगाको सोझो बहाव ले सो क्षेत्र झन खतरामा परेर रातीको निद्रा समेत हराएको मालिकार्जुन गाउँपालीका वार्ड न  ७ का वडा अध्यक्ष लोकेन्द्र धामीले बताएका छन । 
       महाकाली नदीको सतह भन्दा थोरै मात्र उचाईमा रहेको चुच्चैबगड पनि तटीय क्षेत्रको निकै जोखिममा रहेको छ । त्यसै गरी दार्चुलाका बिभ्ीन्न बस्तीहरुमा हिउदमा पानीको थोपा नहुने र बर्षादमा भयानक बाढी र कटान गर्ने हुनाले काकडा क्षेत्र पनि महाकालीको उच्च जोखीममा रहेको सुरकडाका स्थानिय रमेश रैखोलाले जनाकारी दिनु भयो । दुहु गाउँपालीका ३ तिमुरबाटा बस्तिका र नागु लगायत खेती बस्ती का स्थानियबासिन्दा पनि पहिरोको उच्च जोखीम र नदी कटानको समस्या रहेका  छन् । 

होलात समस्याको सामाधान ?
    अहिले अक्सफामको आर्थिक सहयोग मा संकल्प दार्चुला द्धारा संचालित दक्षिण एशियाली सिमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना टोसा कार्यक्रम मार्फत समुह गठन गरेर महिला सशक्तिकरण गर्ने र जोखीमयुक्त बस्तीका समस्या उठान गर्ने प्रयास भइरहेको टोसा कार्यक्रम संकल्प दार्चुलाका संयोजक नारायन जोशीले जानकारी दिनु भयो ।