Close This

धनगढीमा १३ नम्बर वडा कार्यालयको सिलन्यास

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी, जेठ २ । धनगढी उप–महानगरपालीका १३ नम्बर वडा कार्यालय भवनको मंगलबार सिलन्यास गरिएको छ  । धनगढी उप–महानगरपालीकाका प्रमुख नृप बहादुर वडले एक कार्यक्रमका बिच वडा कार्यालय भवनको सिलन्यास गरेका हुन । कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख वडले नगरपालीकाका सबै वडालाई पूर्वाधार सम्पन्न बनाउने योजनामा आफु रहेको  बताए । हामी धनगढी उप–महानगरपालीकाका सबै वडाका आफ्नै कार्यालय निर्माण गर्ने छौं नगरप्रमुख वडले भने,‘अर्को ब्यबस्था नभएसम्मका लागि पनि सामुदायीक भवन र घर भाडामा लिएर कार्य संचालन गर्नुपर्ने बाध्यता रहेको छ ।
नगरप्रमुख वडले उच्च मनोवलका साथ जनताको सेवामा समर्पीत हुन वडा अध्यक्ष र कर्मचारीहरुलाई निर्देशन समेत दिए । उनले भने,‘जनताले एउटै कामका लागि पटकपटक वडा कार्यालयमा आउन नपर्ने गरि सेवा दिनुहोस । उनले नगरपालीकाले गर्ने हरेक काम पारदर्शि हुनुपर्ने पनि बताए । धनगढी उपमहानगरपालीका १३ का वडा अध्यक्ष बिजयराज ओझाले भवन निर्धारित समयमै सम्पन्न हुने गरि काम गर्न लगाईने बताए । उनले भवन निर्माण भैसकेपछि जनतालाई सेवा दिन सजिलो हुने बताए । तीन कठ्ठा जमिनमा निर्माण हुन लागेको सो भवनको सम्झौता ८९ लाखमा भएको छ । वडा कार्यालयलाई स्थानीयहरुको पहलमा हिन्दु सनातन धर्म शिक्षा समितिले जग्गा दान गरेको वडा अध्यक्ष विजय जोशीले जानकारी दिए । पाँच तल्लाका लागि सम्झौता गरिएको भवनको पहिलो चरणमा एक तला निर्माण गरिने र १० वटा कोठा रहने छ ।