Close This

बन मन्त्रीका बेदना

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today


मन्त्री आफैमा उच्च पदको , निति निर्माण गर्ने देखि थिती बसाल्ने काम मन्त्री तहबाटै  हुन्छ । प्रदेश नं ७ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले एउटा सार्वजनिक कार्यक्रममा पोखेका बेदान सुन्दा लाग्छ मन्त्री आफै निरिह छन् । बिचरा भन्न सुहाउने किसिमको यो बेदनाले देश कहाँ जाँदै छ भन्ने कुरालाई सहजै बुझ्न सकिन्छ । नागरिकले सरकार संग पिडा पोख्ने हो । समस्या बिसाउने हो तर समस्या सुन्नेका समस्या कस्ले सुन्ने हो ? निति निर्माण गर्ने ब्यक्तिको यस्तो बेदनाले सबैलाई निरास बनाउँछ । यो अभिब्यक्तिले वहाँमा रहेको निरिहपना बाहेक केहि होईन । 
सोमबार नेपाल वन पैदावार उद्योग व्यवसायी संघ प्रदेश नम्बर सातको प्रथम अधिबेशन समारोहको उद्घाटन गर्दै मन्त्री भट्टले देश विकासको बाधक भ्रष्टाचार भएको बताईन पिडा पोखिन । भ्रष्टाचार गर्नेको अव खैरियत नहुने उनको दावी थियो ।
व्यवसायी र भ्रष्ट कर्मचारीका कारण पनि देश बन्न नसकेको दावी उनको थियो । देशमा काठ हुदा पनि  मलेसियाबाट काठ भारतबाट टिनका पाता ल्याएर तस्करले यो देशको काठ सडाईरहेको आरोप उनको थियो ।
उनले आफुलाई मलाई बन सम्बन्धि मुद्धाका थुनुवाहरु राख्ने कारागार छेउमा राखिएको पिडा पोखिन । दिनहुँ हत्कडी लगाएका मान्छे हेर्न परिरहेको पिडा उनको थियो । जंगलमा काठ छ , तर जनतालाई प्रयोग गर्न पाउदैनन । ययसबाट उनि काठ काट्न पाउनुपर्छ भन्ने सोचमा छन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ । 
मेरो समस्या कहाँ राखौं ?. मन्त्री परिषदको कुरा यहाँ के गरौं ? कसैले बुझ्दैनन हाम्रा कुरा तीन महिना भयो मन्त्री भएको बुझ्न कठिन भयो । झन बुझ्यो झन कठिन । झन झन बुझ्यो झनझन कठिन । तीन महिनामा मैले केही काम गर्न पाएन, मन्त्री परिषदको अवस्था पनि त्यस्तै छ । कसले काम गर्ने ? काम गर्न नदिन कसको षडयन्त्र छ, त्यसको खोजी भैरहेको छ मन्त्री भट्टको पिडा यस्तै थियो । झण्डै एक घण्टा लामो भाषणका क्रममा मन्त्री भट्टले आफ्नै मन्त्रालयका कर्मचारीका विषयमा पनि कुरा गरिन । मेरो मन्त्रालयमा २१ जना कर्मचारी छन् । म तीन जनालाई मात्र चिन्छु । को कहाँ जान्छन् ? के काम गर्छन ? मलाई थाह छैन । उनको थप गुनासो थियो, दुई जना स्थायी कार्यालय सहयोगी छन् । ती स्थायी कार्यालय सहयोगीह करारमा राखेका सहयोगीले राखेको बोतलको पानी खान्छन र साँझ पाँच बजे घर लाग्छन् । तर मन्त्रालयको भित्रको सरसफाई र काम भने गर्दैनन . एकदिन मैले आफै सफा गर्न झाडो उठाएपछि उनीहरुले फोहोर सफा गरे । मन्त्रीको पिडा थियो । बोल्दाबोल्दै भावनामा बगेकी मन्त्रीले आफु बस्ने कोठाको झ्याल नलाग्ने गरेको पिडा सुनाईन । म बस्ने आवासका १० वटा झ्याल छन् । तीन वटा बाहेक अन्य झ्यालका ढोका लाग्दैनन शिसा लाग्दैन । उनि पटकपटक पत्रकारहरुलाई आफ्ना समस्या बाहिर ल्याईदिन अनुरोध गरिरहेकी थिईन । 
यसले के देखाउँछ भने मन्त्रीहरुमा अहिले पनि आत्म बिश्वास छैन । आफु निति निर्माण गर्नेतहमा पुगेको छु भन्ने आभाष छैन । मन्त्रीको दायीत्व काम कर्तब्य र अधिकार थाहा  छैन । जनताका समास्या समाधान गर्ने ठाउँमा उल्टै आफ्ना समस्या जनतामा पोखिरहेकी छन् ।