Close This

बिपदमा परेका लाई राहत देउ

बिहीबार जेठ ३, २०७५/ Thursday 05-17-18
Paschim Today


कैलाली लगायत यस प्रदेशमा हावाहुरी र असिनाले बितन्डा मच्चाएको छ । आईतबार राती कैलाली, कञ्चनपुर लगायतका जिल्लामा आएको भीषण हावाहुरीले ठूलो विपद् निम्त्याएको छ । डोटी, अछाम, डडेल्धुरा लगायतका जिल्लामा पनि हावाहुरी र असिनाले ठूलो धनमालमा नोक्सानी पु¥याएको छ । कैलालीमा कारण घरको धुरी खस्दा एक जनाको मृत्यु भएको छ । एक जना व्यक्ति घाईते भएका छन् । त्यसैगरी, घरको छाना उडाउँदा कतिपय परिवार विचल्लीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार हावाहुरीका कारण मानवीय क्षति सहित भौतिक संरचनामा लाखौंको क्षति भएको छ । 
घरको धुरी लागेर गौरीगङ्गा नगरपालिका–१ का ५६ वर्षीया चारुमति बुढाको घरभित्रै ज्यान गएको छ । यसैगरी, घरको इटा खसेर लाग्दा कैलारी गाउँपालिका–४ हसुलियाकी ४० वर्षीया शोभा चौधरी घाईते भएकी छन् । सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीकै क्रममा गौरीगङ्गा नगरपालिका–१ गोप्का गाउँमा दानसिंह बोहराको घर र गोठमा आगलागी भएको छ । आगलागीबाट लत्ताकपडा, अन्न नष्ट भएको छ । यस्तै, जलेर एउटा राँगाको मृत्यु भएको छ । आइतवारराति नै गोदावरी नगरपालिका–१ भालु खोलामा रहेको भुवन शाहको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा सिमलको रुख खस्दा त्यहाँ कार्यरत प्रहरी विस्थापित भएका छन् ।    हावाहुरीका कारण रुख ढल्दा धनगढी स्थित सङ्घीय मामिला तथा कानून मन्त्रालयमा सुरक्षाका लागि निर्माण गरिएको फलामे बारमा समेत क्षति पुगेको छ । एक ठाउँमा रुख ढलेर र दुई ठाउँमा खसेको हाँगा लागेर फलामे बार भाँच्चिएको हो । जिल्लाको विभिन्न स्थानमा २५० वटा कच्ची घर, ८ वटा विद्यालय, २ वटा एफएमको टावरमा क्षति पुगेको  छ । चुरे गाउँपालिका क्षेत्रमा २१ वटा कच्ची घर, ४ विद्यालयमा क्षति पुगेको छ । साविक मालाखेती गाविस क्षेत्रमा २० वटा कच्ची घर, ३ विद्यालयमा क्षति पुगेको छ । टीकापुर नगरपालिका क्षेत्रको ५ वटा कच्ची घर, भजनी नगरपालिका क्षेत्रको १ विद्यालय र १ वटा कच्ची घरमा क्षति पुगेको छ । त्यस्तै, सडकपुर, मोहन्याल क्षेत्रमा १ सय वटा कच्ची घर, बर्दगोरिया क्षेत्रमा १ कच्ची घर, मसुरिया क्षेत्रमा १३ वटा कच्ची घरमा क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका क्षेत्रमा ९० वटा कच्ची घरमा क्षति भएको छ ।  
हावाहुरीले कृषिबालीमा पनि ठूलो नोक्सान गरेको छ । हावाहुरीले केरा खेती र बसन्ते मकै खेतीमा क्षति पु¥याएको जनाइएको छ । हावाहुरीबाट कैलाली–कञ्चनपुरका केरा खेती कृषकले ठूलो नोक्सान बेहोर्नु परेको छ । यसका साथै पहाडी जिल्लामा असिनापानीले फलफुल तरकारी बालीमा सखाप गरेको छ । यसरी हावाहुरी, असिना पानीले बिपद निम्त्याउदा समेत उनिहरुले राहत पाउन सकेका छैनन् । प्रदेश सरकार र स्थानीयतह यस बिषयमा गम्भीर हुनैपर्छ । बिपदले उठिवास गरेका र क्षती ब्यहोरेकाहरु सम्म सरकारले राहत पु¥याउने कुरामा ढिलाई हुनु हुदैन ।