Close This

एकिकृत फोहर ब्यबस्थापन केन्द्रका बिषयमा दलहरु बिच छलफल

वडाको विकासका लागि योजना पारेका हौं  ः नगरप्रमुख वड

बिहीबार जेठ ३, २०७५/ Thursday 05-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी, जेठ ३ । धनगढी उप–महानगरपालीकाले वडा नं २ मोहनानदी किनारमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण गर्ने कुरोमा सहमती जुटाउने नगरप्रमुखले राजनितिकदलहरु संग छलफल गरेका छन् ।
बुधवार दलका धनगढी उप–महानगरपालीका स्तरीय नगर कमिटीका प्रमुख तथा प्रतिनिधीहरु संग छलफल गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । यो म नगरप्रमुख भएर आउनुभन्दा पहिले निर्णय भएको कुरो हो नगरप्रमुख वडले भने,‘सबै दलका नेताहरु एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण गर्ने कुरोमा सकारात्मक छन् । दलहरु संगको छलफल पछि एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणका बिषयमा उप–महानगरपालीकाले पत्रकार सम्मेलन समेत गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख वडले आफुहरुले वडा नं २ अन्य वडाको भन्दा विकासमा पछाडी परेकाले त्यहाँ एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको योजना पारेको बताए । उनले भने,‘हामीले त्यहाँ एकिकृत फोहर ब्यबस्थापन केन्द्र मात्रै निर्माण गर्ने छैनौ विकासमा पूर्वाधारहरु समेत निर्माण गर्ने छौं । नगरप्रमुख वडले एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण गर्ने र त्यहाँ रोजगारी दिने बिषयमा पनि त्यहाँका बासिन्दालाई प्राथमिकतामा राखिने बताए । 
मंगलबार धनगढी उप–महानगरपालीकाका प्रमुख, प्राविधीक , क्षेत्रीय सहरी विकास परियोजनाका प्रमुख र स्थानीय बिच निर्माण स्थलमा भएको छलफल बिना निस्कर्ष टुंङ्गीएको थियो । एकिकृत फोहर ब्यबस्थापन केन्द्र २५ बिगाहामा फोहर ब्यबस्थापन तथा १० बिगाहामा पानी ब्यबस्थापन गर्ने गरि अति आधुनीक किसिमको हुने बताईएको छ । आयोजना ७० करोडको लगानीमा निर्माण हुने र सन् २०२२ सम्म निर्माण गर्नुपर्ने छ ।