Close This

कामरेडहरु हो.....

बिहीबार जेठ ३, २०७५/ Thursday 05-17-18
Paschim Today

कामरेडहरु हो तिमि भन्छौ
हामिले देशको लागि क्रान्ति गर्यौ
कहाँ छ खै कुन्नी तिम्रो क्रान्ति 
क कस्को खल्तिमा छ 
त्यो क्रान्ति 
गर्यौ होला तिमिले क्रान्ति 
कहिले कसैको नाममा
कहिले कसैको नाममा
क्रान्तिकारी बन्न त खोज्छौ
तर 
भित्रभित्र एकदमै डरछेरुवा छौ
क्रान्ति पनि आफ्नो नाममा गर्ने शाहस छैन
अनि शाहारा लिन्छौ
अरुको नामको
वास्तविक क्रान्ति त
अहिलेसम्म मजदुरहरुले नै गरेका छन
नपत्याए इतिहासका पानाहरु पल्टाएर हेर
त्याहा कहाँनेर भेटिन्छौ तिमि
यदि कसैले आफुलाइ 
क्रान्तिकारी भन्ने हक छ भने
त्यो केवल मजदुरहरुलाइ मात्र छ
किनकी 
जस्ले क्रान्तिलाई जन्माउन
प्रसब पीडा सहेको छ


पुस्पा जोशी ''काली''

धनगढी ,कैलाली