Close This

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते

शुक्रबार जेठ ४, २०७५/ Friday 05-18-18
Paschim Today

कर्ण चन्द, जेठ ४, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरमा जिप दुर्घटना  हुँदा ६ जना घाईते भएका छन ।  बुडर–जोरायल सडक खण्ड अन्तरगत पर्ने बाँजीलेक गुँयली भन्ने ठाँउमा ना १ ज ३११९ नम्बर जिप दुर्घटना  भएको हो ।   घाईते मध्य नरेश मडै र चित्रा शाहानीको अबस्था गम्भीर रहेको छ । अन्य घाईतेहरुमा  बिरेन्द्र शाहु, घुर्बराज जोशी, जेतबहादुर खत्री,  सृजना खत्री रहेको प्रहरीले जनाएको छ । 
जोरायलबाट कैलालीका लागी हिडेको जीप सडकबाट करिब २ सय मिटर तल सडकमा खसेको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनु भएको छ ।  घाईतेहरुको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भीर घाईतेको थप उपचारका लागी कैलाली पठाईएको छ ।