पाँच जन विद्यार्थीलाई छात्रवृति

शुक्रबार जेठ ४, २०७५/ Friday 05-18-18
Paschim Today

कमल रावल, अछाम, जेठ ४ । महालक्ष्मी बिकास बैङक शाखा कार्यालय मंगलसेनले ५ जना विद्यार्थिलाई छात्रवृति वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पहीलो पट्क बैङक ले मंगला नेरा माध्यामिक विद्यालय प्राबिधिक तथा व्यावसायीक शिक्षा ओलिगाँउमा अध्ययनरत ५ जना विद्यार्थिलाई छात्रृबति वितरण गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जेहेनदार, गरिब, अनुशासीत विद्यार्थी भिम बिष्ट, समिक्षा भण्डारी, नरेश कठायत, नविन परियार र महेन्द्र विष्टलाई प्रतिब्यक्ती ५ हजारका दरले छात्रबृति दिईएको महालक्ष्मी बिकास बैङकका शाखा कार्यालय मंगलसेनका शाखा प्रबन्धक डबल बहादुर बोहराले बताउनु भयो । आफ्नो संस्थाको कार्य नाफा कमाउनु मात्र नभई सामाजिक उत्तरदायित्व निभाउनु समेत भएकाले छात्रबृति वितरण गरिएको प्रबन्धक बोहराले बताउनु भयो । आगामि दिनमा यस्ता सामाजिक अभियानका कार्यलाई निरन्तरता दिदै जाने उहाँले बताउनु भयो  ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर रावल, वडा नम्बर ९ का वडा अध्यक्ष झपट बहादुर रावल, शिक्ष शाखा प्रमुख वृकेश बोगटी लगाएतको सहभागीता रहेको थियो ।  प्रमुख अतिथी वडा अध्यक्ष रावलले छात्रबृतिको सही सदुपयोग गरि शिक्षाको गुणस्तर विद्यार्थीहरुमा  देखिनु पर्ने बताउनु भयो ।