Close This

निप्सको अध्यक्षमा सुनिल श्रेष्ठ

शुक्रबार जेठ ४, २०७५/ Friday 05-18-18
Paschim Today


धनगढी,४ जेठ ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) को अध्यक्षमा एनएलजी ईन्स्योरेन्स कम्पनी धनगढीका प्रबन्धक सुनिल श्रेष्ठ चयन भएका छन् ।
शुक्रवार गठन भएको निप्सको नौ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सानिमा लाईफ ईन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गणेशप्रसाद उप्रेती, महासचिवमा सूर्यालाईफ ईन्स्योरेन्सका एरिया शाखा प्रबन्धक बीरसिंह महरा, कोषाध्यक्षमा एभरेष्ट ईन्स्योरेन्सका बरिष्ठ शाखा प्रबन्धक राकेशमान कर्माचार्य, सचिवमा नेशनल लाईफ ईन्स्योरेन्सका प्रबन्धक वेदप्रसाद जोशी चयन भएका छन् ।
समितिको कार्य समिति सदस्यमा शिखर ईन्स्योरेन्सका प्रबन्धक डिल्लीराज शर्मा, एशियन लाईफ ईन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक दीपकराज लेखक, प्रुडेन्सियल ईन्स्योरेन्सका शाखा प्रबन्धक नरेश ओझा रहेका छन् ।
समितिको सल्लाहकारमा नेशनल ईन्स्योरेन्सका शाखा प्रबन्धक एनके सेन र एनआईसी नेपालका प्रबन्धक पदम राना चयन भएका छन् ।