Close This

अन्तराष्ट्रिय सांस्कृतीक पद यात्रा तथा काब्य सम्मेलनको प्रथम श्रृङ्खला पुरा 

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी ४ जेठ ।
अन्तराष्ट्रिय सांस्कृतीक पद यात्रा तथा काब्य सम्मेलन २०७५ को प्रथम श्रृङ्खला शुक्रवार समापन भएको छ । 
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि पदयात्राको प्रथम श्रृखला समापन भएको जनाइएको छ । वैशाख २८ गते बाट सुरु भएको पदयात्रामा भारतबाट श्री गौरीशंकर १ हजार ८ महाराज जी जगत गुरु शंकर आचार्य कृकाल भवन्ता सरस्वती जी महाराज, लगायत अन्य नेपालका साहित्यकार युवा लगायत २ सय जनाको यात्रा रहेको थियो । 
प्रथम श्रृखंलाको समापन भएपनि अन्य कार्यक्रमहरु १० गते सम्म सचालनमा रहने छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीको आयोजनामा भएको खप्तड भ्रमण बर्षको समापन गर्दै प्रदेश ७ को प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड स्वर्ग झै अनुभूति भएको पदयात्रामा सहभागिहको अनुभव छ । खप्तड अति सुन्दर रहेको र  पूर्बाधारको विकास गर्न सकेमा नेपाल भारतको मात्रै नभएर विश्वकै एक प्रमुख धार्मिक पर्यटकीय स्थल बन्ने जगत गुरु शंकराचार्य क्रिकाल भवन्ता सरस्वती जी महाराजले बताए ।
बैशाख २९ गते खप्तडका विभिन्न प्रवेशद्वारबाट अन्र्तराष्ट्रिय सांस्कृतिक पदयात्रा सुरु भएको हो । पदयात्रामा नेपाल भारत लयागतका २०० भन्दा बढिले पदयात्रा गरेको नेपाल साहित्य तथा संस्कृति प्रतिस्ठान गोदावरी अध्यक्ष पदमराज जोशीले बताए ।