Close This

फेरीदै मुक्त कमैयाको दैनिकी

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, ५ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्ने गरेको छ । 
एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएकि छन् । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताईन । दुई दिन अघिसम्म दैनिक ५ हजारसम्मको बिक्री गरेको बताउदै उनले अहिले खपत अलि कम भएको बताईन । राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन । 
यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त छिन् । छोरा छोरी समेत बिक्रीमा सघाइरहेको बताउँदै उनले गत चैत महिनायता ५० हजार आम्दानी भएको बताईन । बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताईन । कृष्णपुर नगरपालिकाले यहाँका बगरखेती गर्ने किसानलाई सगोलमा १ लाख बराबरको मलखाद दिएको बताउदै रानाले कृषि र रेडक्रसले बीउ बिजनको सहयोग गरेको बताए ।