Close This

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने तयारीमा

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

कमल सावद, धनगढी ५ जेठ ।
सरकार गठनको तीन महिला पछि प्रदेश ७ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेको छ । संसदीय दलको नेताको लागि अधिवक्ता प्रयागदत्त भट्टलाई निर्वाचन अधिकृत समेत तोकिएको छ । १२ जना सांसद रहेको कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्न सकेको थिएन ।  संसदीय दलको नेता सर्वसम्मत हुन्छ, शुक्रवार बाट हामीले छलफल सुरु गरेका छौं सांसद डा. रण्बहादु रावलले भने, सायद केही दिन भित्र टुंगो लगाउछौ । 
उनले प्रदेश सरकारलाई सचेत गराउन प्रमुख प्रतिपक्षी दलको भूमिका महत्वपूर्ण हुने  बताए । प्रकृयागत रुपमा गर्नु पर्ने भएकाले केन्द्रीय सभापती र पुर्व सिँचाई मन्त्री एनपि साउदलाई खवर गरेका थियौ , केन्द्रिय सदस्य सावद आउनु भएको छ । सांसद रावलले आन्तरीक सल्लाह भएको र आफुपनि  संसदिय दलको नेताको प्रत्यासी भएको बताए । सबै सांसदको समझदारीमा संसदीय दलको नेता छनोट गर्ने रावलले बताए । प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नेतृत्व गर्ने नेता नपाउँदा भूमिका कमजोर भएको सासदहरुले बताएका छन् ।
सांसद कर्णबहादुर मल्लले विभिन्न कारणले संसदीय दलको नेता छान्न नसकिएको बताए । ६ वटा प्रदेशमा संसदीय दलको नेता सर्व सहमत तोकेको छ, उनले भने प्रदेश नम्बर सातमा पनी सर्वसम्मत नै हुन्छ । पार्टीको मर्यादाक्रम अनुसार संसदीय दलको नेता छनौट हुने सांसद मल्लले बताए । नेपाली कांग्रेस सात नम्बर प्रदेशमा संसदीय दलका नेतामा ३ जनाले  आकांक्षी देखाएका छन । कैलालीबाट निर्वाचीत रणबहादुर रावल, डोटीबाट निर्वाचीत भरतबहादुर खड्का र डडेल्धुरा बाट निर्वाचित कर्णबहादुर मल्ल संसदीय दलको नेताका लागि आकांक्षी रहेका बताइएको छ । 
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रावलले पार्टीको महासमिति सदस्य, राष्ट्रिय विकास परिषद्को सदस्यको भूमिकामा रहेर काम गरेका छन । उनी संसदीय दलको नेताको लागि यही कुरालाई प्रमुख आधार मान्दै आएका छन ।  डडेल्धुराबाट निर्वाचित सांसद कर्णबहादुर मल्ल पनि संसदीय दलको नेता बन्ने दाबी गरेका छन ।  आफू २ कार्यकाल पार्टीको जिल्ला सभापती भएर काम गरी सकेकोले संसदीय दलको नेता आफूले पाउनु पर्ने दाबी मल्लको छ । डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्का पनि आफू पुरानो नेता भएकोले संसदीय दलको नेता आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन । उनले  सबै नेताहरूलाई समेटेर लैजाने क्षमता आफूसँग रहेकोले संसदीय नेताको जिम्मेवारी दिनु पर्ने बताए । खड्का यस अघिका संविधानसभा सदस्य समेत हुन । प्रदेश ७ मा कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्षबाट ४ र समानुपातिकबाट ८ गरी १२ जना सांसदहरु छन ।