Close This

प्रदेश सरकार कुहिरोको काग 

प्रतिपक्षले माग्यो बजेट खर्च बारेको जवाफ

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

टेकेन्द्र देउवा, धनगढी ५ जेठ । शुक्रवार बसेको ७ नम्बर प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षका सांसदहरुले प्रदेश सरकार कुहिरोको काग जस्तै भएको आरोप लगाएका छन् । प्रदेश सरकारले नियम, कानुन, विधी र पद्धतीलाई बुझ्न नसकेको आरोप प्रतिपक्षका सांसदहरुले लगाए । प्रदेश सरकारले परिपक्वता देखाउन सकिरहेको छैन बिशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भने,‘यस बिषयमा सरकार गम्भीर हुनुपर्छ । प्रदेश सरकारले गरेका कुनैपनि प्रतिवद्धता पुरा नभएको भन्दै यस बिषयमा सजक नभएर सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । कांग्रेस सांसद भरतबहादुर खड्काले सरकार आफैभित्र कुहिरोको काम जस्तै रुमल्लीएको आरोप लगाए । उनले हावाहुरी पिडितलाई सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै संसदको ध्यान समेत आकर्षण गराए । हामीले सल्लाह दिने गरेका छौं सांसद खड्काले भने,‘पद्धती मिचेर काम गरे त्यसको जवाफ दिन तयार हुनुपर्ला ।
नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले पनि प्रदेश सरकारका काम कारवाही प्रति असन्तुष्टी ब्यक्त गरे । उनले भने,‘नेपाली कांग्रेस जस्तो सहयोगी प्रतिपक्ष पाउँदा पनि प्रदेश सरकारले काम गर्न सकिरहेको छैन । यही तरीका हो, भने पाँच बर्ष पछि आउने सरकार र सांसदले हामीलाई घिक्कार्ने छन् । उनले आफुहरु प्रदेशको समृद्धीका लागि सधै सकारात्कम भएर सहयोग गर्ने बताए ।
नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले प्रदेश सरकारले प्रतिपक्षले दिएका सुझावहरुलाई ग्रहण नगरेको आरोप लगाए । उनले नेपालको संविधान २०७२ को घारा ९१ को उपधारा २ मा एउटै पार्टीका सभामुख र उप–सभामुख हुन नपाउने ब्यबस्था रहेकाले दुईपार्टीको एकिकरण भएको अबस्थामा एक पद छोड्नुपर्ने धारणा राखे । नेपाली कांग्रेसका सांसद टेकबहादुर रैकाले जातिय बिभेद अन्त्य गर्नका लागि लाग्नुपर्ने बताए । 
नेपाल कम्यूनिष्ट पार्टीका सांसद लिलाधर भट्टले अव प्रदेश सरकारका मन्त्रीहरुले भ्रमण, अनुगमन, उद्घाटन जस्ता कार्यमा जान नहुने सुझाव दिए । 

प्रतिपक्षले माग्यो बजेट खर्च बारेको जवाफ
शुक्रवारको संसद बैठममा बोल्ने प्रतिपक्षका संसदहरुले बजेट खर्च गर्ने कार्यविधी बनाउँदा आफुहरु संग सल्लाह नै नगरेको भन्दै आक्रोश पोखे । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले बजेट कसरी खर्च भैरहेको छ भन्ने बिषयमा आफुहरुलाई जवाफ चाहिएको बताए । बिशेष समयमा बोल्दै सांसद खड्काले समयमै जवाफ नपाए त्यसको गम्भीर परिणाम सरकारले भोग्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले बजेट खर्च गर्ने बिषयमा आफुहरु संग शक्ता पक्षले समन्वय नगरेको भन्दै संसदको ध्यान आकर्षण गराए । 
नेपाली कांग्रेसका सांसद गोबिन्द राज बोहराले आंशिक बजेटमा आफुहरुले संशोधन प्रस्ताव हालेको स्मरण गराउँदै समय छोटो भएकाले छलफल पछि फिर्ता लिएको बताए । उनले भने,‘अहिले त्यो आंशिक बजेट कुन तरिकाले खर्च भैरहेको छ जान्न चाहन्छौं । बजेट स्वच्छ तरिकाले खर्च हुनुपर्छ भन्ने हाम्रो मान्यता हो सांसद बोहराले भने,यस बिषयमा संसदलाई जानकारी हुनुप¥यो । संसदमा बजेट खर्चका बिषयमा कुरा उठेपछि सभामुख अर्जुनबहादुर थापाले बिषेश समयमा उठेका कुराहरुको ७ दिन भित्र जवाफ दिन सम्वन्धीत मन्त्रीलाई पत्राचार गर्न सचिवालयलाई निर्देशन समेत दिएका छन् ।

सुनमा सुगन्ध भर्न सुझाव : सत्ता पक्ष
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष२०७५/०७६का लागि ल्याइने बजेटको सिद्धान्त, उदेश्य, प्राथमिकता र प्रमुख नीति(करप्रस्ताव वाहेक)को छलफलमा सहभागि शक्ता पक्षका सांसदहरुले विद्येयक राम्रो भएको प्रतिकृया दिएका छन् ।
उनिहरुले थप समृद्ध र पूर्ण बनाउनका लागि छलफलमा भाग लिएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका सांसद लिलाधर भट्टले यसमा सुगन्ध थप्नका लागि आफुले १० वटा बुदा थप गर्न खोजेको आग्रह गरे । उनले प्रदेश तहमा सूचनापार्क निर्माण, प्रदेशतहको सरकारी रेडियो र टेलिभिजनको स्थापना गर्ने लगायतका कुरा समेट्न आग्रह गरे ।
नेकपा सांसद महेशदत्त जोशीले शिक्षा स्वास्थ्य जस्ता मौलिकहकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । नेकपाकै सांसद बलबहादुर सोडारीले कैयोन पर्यटकिय स्थलहरुको विकास गर्ने कुरो छुटेको भन्दै समेट्न माग गरे । नेकपा सांसद पूर्णाजोशीले प्रदेश र स्थानीयतहको गुरुयोजना बनाउनुपर्ने सुझाव दिईन । संसदमा पक्ष र प्रतिपक्षका गरी एक दर्जन सांसदले सुझाव दिएका थिए ।  

वडा सदस्यको माग प्रदेशसभामा प्रवेश
शुक्रवारको प्रदेशसभा बैठकले प्रदेश नं ७ स्थानीयतहका वडा सदस्यहरुले सेवासुविधा पाउनुपर्ने आवाज उठाएका छन् । संसदमा बोल्ने सांसदहरुले वडा सदस्यको माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले वडा सदस्यको माग सम्बोधन हुनुपर्ने बताए । उनले भने,‘माग सम्बोधन नभएमा स्थानीयतहमा बिद्रोह हुनसक्ने खतरा छ । कांग्रेसका सांसद भरतबहादुर खड्काले वडा सदस्यहरुको माग कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा गम्भीर हुन संसदको ध्यान आकर्षण गराए । नेपाल कम्यूनिष्ट पार्टीका सांसद लिलाधर भट्टले जनप्रतिनिधीहरुमा बिभेद गर्न नहुने बताए । उनले भने,‘वडा सदस्यहरुले गाउँ र नगरसभालाई प्रभावित बनाउन सक्ने तिर संसदको ध्यायन आकर्षण गराए । 
प्रदेश सरकारले स्थानीयतहका जनप्रतिनिधीहरुका लागि सेवा सुविधा तोक्दा आफुहरुलाई छुटाएको आरोप लगाउदै वडा सदस्यहरु आन्दोलित छन्  । आफुहरु पनि जनताको मतवाट निर्वाचित भएकाले सेवा सुविधा पाउनुपर्ने माग वडा सदस्यहरुको छ । गत शनिवार यही बिषयलाई लिएर वडा सदस्यहरु धनगढीमा भेला भएको धनगढी उप–महानगरपालीकाका वडा नं १ का सदस्य सुवास चन्दले बताए । उनले भने‘कसैले सेवा सुविधा पाउने कसैले नपाउने हुनै सक्दैन ।” प्रदेश सरकारले पहिलो बैठकमै आफुहरुको सेवा सुविधाका बारेमा निर्णय ग¥यो चन्दले भने,‘हाम्रा बारेमा सोच्ने फुर्सद भएन । यही बिषयमा आफुहरुले संसदहरुलाई ज्ञापनपत्र बुझाएको वडा सदस्यहरुले बताएका छन् ।