Close This

काँग्रेसका सांसदको बैठक होटल र क्याफेमा (भिडियो सहित)

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, जेठ ५ । पार्टी भित्रको गुटबन्दीका कारण संसदीय दलको नेता चयनमा अनिर्णयको बन्दी बनेका नेपाली काँग्रेसका सांसदहरु संसद सचिवालय, संसदीय दलको नेता चयन नहुदा रनभुल्लमा परेका छन् ।प्रदेश सरकारले पार्टीका तर्फबाट आमन्त्रण गर्दा को जाने भन्नेमा पनि सांसदहरुबीच बिबाद हुने गरेको छ । अझ संसदीय दलको कार्यालय नहुदा नेपाल काँग्रेसबाट निर्बाचित प्रदेश सांसदहरुको बैठक कहिले होटल र कहिले क्याफेमा बस्ने गरेको छ ।केही दिनअघि मुख्यमन्त्रीले बजेटका विषयमा छलफलका लागि बेलाउदा त्यसअघि पूर्व तयारीका लागि काँग्रेसका सांसदहरुको बैठक बेल्स परिकारमा बसेको थियो । बैठकमा संसदमा प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीका सांसदहरु सहभागी भएका थिए । उनीहरुले बेल्स परिकारमै बसेर छलफल गरे ।सांसद डिल्लीराज पन्तले संसदीय दलको नेता चयनमा भएको ढिलाई पार्टीका तर्फबाट संसदमा हुनुपर्ने प्रभावकारी प्रस्तुती हुन नसकिएको बताउनुभयो । सांसद कर्ण मल्लले संसदीय दलको नेता चयन नभएका कारण सभामुख, मुख्यमन्त्री र अन्य दलले बोलाउने बैठकमा पार्टीका तर्फबाट को सहभागी हुने विषयमा समस्या हुने गरेको बताउनुभयो ।