Close This

सुविधा सम्बन्धी विद्येयक संसदमा पेस हुदै

बैठक दिउसो ३ बजे बस्ने

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

कमल सावद, धनगढी, जेठ ६ । प्रदेश सभाको आजको २ बजेको बैठक सरेको छ । बैठक आज दिउसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिब बालाराम शर्माले जानकारी दिनु भयो । उहाँले प्रतिपक्ष दलका सांसदहरुको बैठक भएकाले प्रदेश सभाको बैठक सार्नु परेको बताउनु भयो । उहाँले प्रदेश नम्बर सातका अर्थ मन्त्री झपडबहादुर बोहराले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा माथी बाँकी रहेका सांसदहरुले बोल्ने बताउनु भयो  ।  आजै बैठकमा दुई विधेयक पेस हुने शर्माले जानकारी दिनु भयो । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले लिखत प्रमाणीकरण र स्थानीय तहका पदादिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयक संसदमा पेस हुने सचिव शर्माले जानकारी दिनु भयो ।