Close This

काँग्रेस संसदीय दलको नेतामा रावल चयन

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

धनगढी, ६ जेठ । निर्वाचन भएको झण्डै तीन महिनापछि नेपाली काँग्रेसले आज सात नम्बर प्रदेशको संसदीय दलको नेतामा डा. रण बहादुर रावललाई चयन गरेको छ । प्रदेश संसदमा १२ जना सांसद रहेको नेपाली काँग्रेसका सांसदहरुबीच सहमती जुट्न नसक्दा  संसदीय दलको नेता चयन हुन सकेको थिएन ।
आज बसेको सांसदहरुको बैठकले रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद उमादेवी वादीले बताईन । काँग्रेसमा भरत बहादुर खड्का र कर्ण बहादुर मल्ल पनिरावलसंगै संसदीय दलको नेताका आकांक्षी थिए । आजको बैठकमा खड्का र मल्ल दुबै जनाले रावललाई समर्थन गरेपछि निर्बिरोध रुपमा संसदीय दलको नेताको चयन भएको हो ।