Close This

टीकापुर महालक्ष्मी टोलमा युवक मृत अवस्थामा भेटिए

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today


टीकापुर,६ जेठ । 
कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ३ शंकरपुर महालक्ष्मी टोलमा एक जनाको शव फेला परेको छ ।
प्रहरीले महालक्ष्मी टोलको खेतमा फेला परेको शब अन्दाजी २३ वर्षिय थारु समुदायका व्यक्तिको रहेको जनाएको छ । शवको सनाखत भने हुन सकेको छैन । 
स्थानीय बासिन्दाले आज बिहान करीव साढे ८ बजे खेतमा शव फेला परेको जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह घट्नास्थल पुगेका थिए ।
शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।