Close This

आइपीएलमा सन्दिप चम्के, दिल्लीको जित

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

धनगढी, ६ जेठ । १७ वर्षीय नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आइपीएलमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । आइतवार कोलकता स्थित फिरोज शाह मैदानमा उनको टिम दिल्ली डेयर डेभिल्सले सिजनको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउने क्रममा सन्दिपले महत्वपूर्ण तीन विकेट लिए । उनले अनुभवी खेलाडी सूर्यकुमार यादव, क्युरेन पोलार्ड र क्रुणाल पाण्डियाको विकेट लिए । आफ्नो चार स्पेलमा तीन विकेट लिने क्रममा सन्दिपले ३६ रन खर्चेका थिए । १९ रन खर्चेर समान तीन विकेट लिएका दिल्लीका अमित मिश्रा प्लेयर अफ द म्याच घोषित भए । 

यसअघि, खेल्ने मौका पाएको दुई वटा खेलमा पनि सन्दिपले एक÷एक विकेट हात लिएर दिल्ली डेयर डेभिल्स टिमको मन जितेका थिए । टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७४ रन बनायो । जवाफि ब्याटिङमा उत्रेको मुम्बईले अन्तिम तीन बल बाँकी रहँदा आफ्नो सबै विकेट गुमाउँदै १६३ रनमात्रै बनायो । दिल्लीको जीतमा हृसब पन्तले उत्कृष्ट ब्याटिङ गर्दै ६४ रन बनाए ।