Close This

आँखा शिविरमा ६१० जना को शल्यक्रिया

सोमबार जेठ ७, २०७५/ Monday 05-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ७ जेठ । 
बैतडी र दार्चुलाको विभिन्न स्थानमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ६१० जनाको शल्यक्रिया गरिएको छ । 
    नेपाल नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा शिविर सञ्चालन गरिएको थियो । शल्यक्रिया गरिएका विरामीहरुको आँखामा लेन्स समेत प्रत्यारोपण गरिएको जनाइएको छ । ५९७ जना मोतीबिन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिएको थियो । 
    स्वास्थ्य शिविरमा दुई हजार २६६२ जनाको आँखा परीक्षण गरिएको छ । १७९ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो । यसैगरी, एक हजार ८७३ जनालाई निःशुल्क औषधि प्रदान गरिएको छ । 
शिविरमा गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेश राज पन्तको नेतृत्वमा रहेको उक्त शिविरहरुमा बरिष्ट नेत्र अधिकृत श्री रमेश चन्द्र भट्ट लगायत गेटा आँखा अस्पतालका १२ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए । 
उक्त शिविरहरु संचालनमा स्थानीय आयोजकको रुपमा नेपाल रेडक्रस सोसाईटी, स्थानीय स्वास्थ्य संस्था तथा विद्यालयहरुले सहयोग पुर्याएको र यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पतालमा उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा आँखा शिविर संचालन गर्दै आई रहेको अस्पतालले जानकारी दिएको छ ।