Close This

चोरीको धनमाल सहित श्याम जोशी पक्राउ

सोमबार जेठ ७, २०७५/ Monday 05-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ७ जेठ । 
जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीको धनमाल सहित आइतवार एक व्यक्तिलाई पक्राउ गरेको छ । 
    धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा बस्ने २८ वर्षीय श्याम जोशीलाई पक्राउ गरेको हो । वडा नम्बर ८ कान्तिपुर टोलका राजु बमको घरबाट नगद तथा गरगहना चोरी भएको सूचनाको आधारमा खोजी गर्ने क्रममा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । 
    पक्राउ परेका व्यक्तिबाट नगद १६ लाख ५६५ रुपैया सहित सुनको मंगलसुत्र दुई थान, सुनको तिलहरी एक थान, सुनको हार एक थान र सुनको झुम्का चार थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 
    कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।