Close This

अमेरिकामा नेपाल डे परेड 

सोमबार जेठ ७, २०७५/ Monday 05-21-18
Paschim Today


अमेरिका,
नेपालीको मौलिक पहिचानको जगेर्ना र प्रवासमा नेपालीहरुका बीचमा एकता र भाईचारा कायम गर्न तीनवर्षदेखि अमेरिकामा आयोजना गर्दै आएको नेपाल डे परेड यसपटक पनि २० मेमा भव्यताका साथ न्यूयोर्कको म्यानहटनमा सम्पन्न भएको छ ।
नेपाली जनसम्पर्क समिति,अमेरिका,नेपाल आदिवासी जनजाति महासंघ,अमेरिका र प्रवासी नेपाली मंच अमेरिकाको संयुक्त संयोजन आयोजित नेपाल डे परेडमा अमेरिकामा रहेका नेपालीहरुको बिभिन्न संघ,संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिना उपाध्याय प्रमुख अतिथि रहेकी थिईन । 
नेपाल डे परेडमा सहभागी हुन अमेरिकाको बिभिन्न राज्यमा रहेको नेपालीहरु न्युयोर्कको म्यानहटन आएका थिए । नेपाल डे परेडको अवसरमा पुरुषहरु ढाका, टोपी दौरा सुरुवालमा सजिएर आएका थिए भने महिलाहरु गुन्युचोलो, सारी र नेपाली मौलिकता झल्काउने पोशाक सहित म्यानहटन म्याडिसन एभिन्युमा आयोजित मार्चमा सहभागी भएका थिए ।
तीन वर्ष पहिले सुरु गरिएको नेपाल डे परेडको आफ्नै छुट्टै गौरव र ऐतिहासिक महत्व छ । 
नेपाली कांग्रेसका आमन्त्रित केंद्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले नेपाल डे परेडको आयोजनाले नेपालीहरुको राष्ट्रिय पहिचानको प्रबद्र्धन र सम्वद्र्धन भईरहेको बताए ।
नेपाल डे परेड नेपालको पहिचान र प्रवासमा नेपाली परिचय र भावनासंग जोडिएको विषय हो,बिष्टले भने, हाम्रा लागि राष्ट्रियता सर्वोपरी छ । यही कुरालाई मध्यनजर गर्दै तीन वर्ष यता नेपाल डे परेड आयोजना भईरहेको छ ।