Close This

काँग्रेस उपसभापति निधिको अमेरिकामा स्वागत तथा सम्मान

बुधबार जेठ ९, २०७५/ Wednesday 05-23-18
Paschim Today


वासिङ्टन डिसी,अमेरिका,
नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिको स्वागत तथा सम्मानमा वासिङ्टन डिसीमा कार्यक्रम आयोजना गरेको छ ।
पारिवारिक कामको सिलसिलामा अमेरिका पुगेका उपसभापति निधिको नेपाली जनसम्पर्क समिति अमेरिकाले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निधिले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन संसारभरी छरिएर रहेका काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर लाग्न आवश्यक भएको बताए ।
उनले कम्युनिष्टहरुको एकता अधिनायकवाद लाद्ने मनशायबाट भएको बताउदै कम्युनिष्टहरुको एकता यसअघि कहिले नटिकेकको र अव पनि नटिक्ने बताए ।