Close This

महोत्तरीमा गोली चल्यो, एक जना घाइते

आइतबार फागुन १८, २०७६/ Sunday 03-01-20
Paschim Today

महोत्तरी, १८ फागुन । महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का  स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव  घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको जानकारी दिए ।घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको छ । डीएसपी बुढाथोकीका अनुसार, उनको अवस्था खतरामुक्त छ ।

घटना कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन । डीएसपी बुढाथोकीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।