Close This

कलाकार मञ्चको अध्यक्षमा वैद्य

बिहीबार जेठ १०, २०७५/ Thursday 05-24-18
Paschim Today

पश्चिम टुडे, धनगढी, जेठ १० । राष्ट्रिय थारु कलाकार मञ्चको अध्यक्षमा कञ्चनपुरका विनय वैद्य चयन भएका छन् ।  कठमाण्डौंमा भएको कलाकारहरुको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । मञ्चको उपाध्यक्षमा गायक रोशन रत्गैया, महासचिवमा दिपक चौधरी, सचिवमा गायिका समिक्षा चौधरी र कोषाध्यक्षमा दिपककुमार चौधरी चयन भएका छन् । 
    १७ सदस्यीय कार्यसमिति रहेको राष्ट्रिय थारु कलाकार मञ्चको बुधवार जिल्ला प्रंशासन कार्यालय काठमाण्डौंमा दर्ता गरिएको छ ।