Close This

हुवाइको पी २० फोन बजारमा

शुक्रबार जेठ ११, २०७५/ Friday 05-25-18
Paschim Today

पश्चिम टुडे, धनगढी ११ जेठ । 
स्मार्टफोनका पारखीहरुका लागि बहुप्रतिक्षित हुवाइ पी २० फोन बजारमा आएको छ । 
    अति सूक्ष्म कणहरुलाई समेत कैद गरेर अद्भूत तस्बिर निकाल्ने उक्त स्मार्टफोन फोटोग्राफीका लागि अत्यन्त उपयुक्त रहेको जनाइएको छ । फोनमार्फत जीवनका अविष्मरणीय पलहरु कैद गर्न चाहनेका लागि यो स्मार्टफोन पहिलो रोजाई बन्न सक्ने बताइएको छ । लिका ड्वाल क्यामरा सेन्सरको मदतले हुवाइ पी २० ले जस्तोसुकै वातावरणमा जुनसुकै रङ र प्रकाशलाई कैद गरी सुन्दर तस्बिर निकाल्ने जनाइएको छ । एकदम फराकिलो एपरेचर लेन्स भएको यो स्मार्ट फोनले उज्यालो कम भएको बेला पनि राम्रो फोटो निकाल्ने दावी गरिएको छ । यसको मूल्य ७४ हजार ९०० रुपैया रहेको छ ।